अर्कैले दर्ता गरेका एमाले र माओवादी केन्द्र के हुन्छन् ? - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

अर्कैले दर्ता गरेका एमाले र माओवादी केन्द्र के हुन्छन् ?



काठमाडौँ- सर्वोच्च अदालतले दुई खेमामा बाडिएको हालको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ ।

यो फैसलाले पुरानै एमाले र माओवादी केन्द्र भन्ने दलहरू अस्थित्वमा आउने छन् । यदि यी दलहरू अस्थित्वमा आएको खण्डमा नयाँ दर्ता गरेका एमाले र माओवादी केन्द्र पनि खारेज नै हुनेछन ।

सर्वोच्च अदालतको यो फैसलाले हालको राजनीतिक परिस्थितिलाई थप जटिल बनाएको छ ।

राजनीतिक विषयवस्तुमा प्रवेश गरी अदालतले गरेको यो फैसलासँग हाल सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् ।

सर्वोच्चले दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नाम दर्ता गर्ने निर्णय बदर भएपछि निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र भनी फरक फरक रुपमा रहेका दलहरुको अस्तित्व ब्युँझिएको भन्दै एकीकरण गर्ने भए यथाशीघ्र निर्णय गर्नु भनी आदेश गरेको हो ।