उमेशको डेराबाट एक केजी सुन जस्तै पहेंलो धातु बरामद - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

उमेशको डेराबाट एक केजी सुन जस्तै पहेंलो धातु बरामद



काठमाडौँ- बागबजारबाट प्रहरीले सुनजस्तो देखिने एक केजी पहेंलो धातु बरामद गरेको छ । महानगरीय प्रहरी कार्यालयकी एसएसपी किरण बज्राचार्यका अनुसार उमेश श्रेष्ठको डेराबाट यो धातु बरामद गरिएको हो । उमेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बज्राचार्यका अनुसार उमेशले आफ्ना साथी प्रहरी जवान प्रसन्न श्रेष्ठले यो धातु राख्न दिएको बताएका छन् ।

मंगलबार कमलादीमा भेटिएको १५ किलो सुनजस्तै पहेंलो धातु प्रकणमा गलत सूचना दिएको भन्दै दरबारमार्ग वृत्तका घुमुवा प्रसन्न प्रहरी नियन्त्रणमा छन् । यो सुन हो कि होइन भन्ने अनुसन्धान भइरहेको बज्राचार्यले बताइन् ।