ओली-प्रचण्डलाई तुम्बाहाङ्फेले अचम्मको प्रस्ताव गरेपछि... - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

ओली-प्रचण्डलाई तुम्बाहाङ्फेले अचम्मको प्रस्ताव गरेपछि…



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्हाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले यस्तो प्रस्ताव गरेकी हुन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा गर्न छलफलमा बोलाएका थिए ।

ओली, दाहाल र तुम्बाहाङफेको त्रिपक्षीय छलफलमा सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

उपसभामुख तुम्बाहाङफेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा गर्न नसकिने बताएकी छन् । राजधानी दैनिकबाट