डोनाल्ड ट्रम्पका भाइको स्वास्थ्य अवस्था गम्भीर - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

डोनाल्ड ट्रम्पका भाइको स्वास्थ्य अवस्था गम्भीर



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत ७२ वर्षे भाइ रोबर्ट ट्रम्पलाई भेट्न गएका राष्ट्रपति ट्रम्पले भाइलाई गाह्रो भइरहेको बताएका हुन् ।

स्थानीय समय अनुसार शुक्रबार अपराहन्न अस्पताल छिर्ने बेला ट्रम्पले मास्क लगाएका थिए । उनी अस्पतालमा ४५ मिनेट बसेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार रोबर्ट ट्रम्प गम्भीर बिरामी छन् ।

तर उनलाई के रोग लागेको भन्ने खुलाइएको छैन । रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेड लगानीको व्यवस्थापन गर्दै आएका थिए ।

अस्पतालबाट बाहिरिएपछि राष्ट्रपति ट्रम्प न्यू जर्सीको बेडमिन्स्टरमा रहेको गल्फ क्लबमा गएका छन् । ट्रम्पले आफूले राम्रो भाइ पाएको र लामो समयसम्म सम्बन्ध राम्रो रहेको पनि बताएका छन् ।