गोरखा तनावग्रस्त: टिप्परले ब्याक गरेर महिला किच्यो - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

गोरखा तनावग्रस्त: टिप्परले ब्याक गरेर महिला किच्यो



गोरखा- गोरखा तनावग्रस्त बनेको छ । विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार टिप्परले किचेर मारेपछि स्थानीयले तोडफोड तथा आगजनी गरेका छन ।

शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएपछि लडेकी मनमायालाई ब्याक गरेर किचेको थियो ।

गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापछि आक्रोशित समूहले ठक्कर दिने सो टिपरमा आगजनी गरेका छन् । क्रसर उद्योगका अन्य चार-पाँच वटा टिपरमा तोडफोड पनि गरेका छन् ।

उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् । उक्त क्रसर उद्योग अवैध भएको दाबी स्थानीयको छ ।

गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० स्थापना गरेर सञ्चालन गरिएकाले सो क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ ।

स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।