तिलोत्तमा गोल्डकप : थ्री स्टार फाईनलमा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

तिलोत्तमा गोल्डकप : थ्री स्टार फाईनलमा



आचार्य प्रदीप/बुटवल । रुस्लान थ्रीस्टार क्लब बुटवलमा जारी प्रतिष्ठित २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब लाई २–१ ले पाखा लगाउँदै फाईनलमा प्रवेश गरेको हो ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न खेलको २३ औँ मिनेटमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबका लागी बिदेशी खेलाडी फ्लोरेङले गोल गरे ।

त्यसको अर्को मिनेटमा नै रुस्लान थ्रीस्टार क्लबका बुद्ध चेम्जुङले गोल गरेका थिए । थ्री स्टारका लागी ३९ औँ मिनेटमा निरज खड्काले अर्को गोल गरेका हुन् ।

दोस्रो हाफमा दुबै टोलीको लागी राम्रो अवसरहरु भएपनि दबैतर्फबाट गोल हुन सकेन् । बिहीबारको खेलमा थ्री स्टारका बुद्ध चेम्जुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ११ हजार र ट्रफी प्राप्त गरे ।
नेपालभरिका शिर्ष १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र ३ गते रुस्लान थ्रीस्टार क्लब र नेपाल प्रहरी बिच खेल हुने छ ।

यशोदा फुड्स प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैया हात पार्नेछ भने उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया प्राप्त गर्नेछ ।