स्वास्थ्य मन्त्रालय भन्छ: केही दिनमा अस्पतालमा विरामी राख्ने ठाउँसम्म हुने छैन् - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

स्वास्थ्य मन्त्रालय भन्छ: केही दिनमा अस्पतालमा विरामी राख्ने ठाउँसम्म हुने छैन्



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले जारी गरेका मापदण्डहरु निर्शत पालना गर्न अनुरोध गरेको छ। आइतबार ‘बढ्दो संक्रमण रोकथाम सम्बन्धमा सार्वजनिक सूचना’ भन्दै एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले यस्तो भनेको हो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ–‘विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको हृदयविदारक घट्ना हाम्रै आँखा अगाडि देखिरेका छौं । यो महामारीले हाम्रै देशका विभिन्न स्थानहरुका समेत उस्तै किसिमका दुःखद् अवस्था आईसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्नसक्ने भूमिकाहरुको निर्वाह गरेका छैनौं । अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण छ । र, हालसम्म कोभिडको उपचार गर्नसक्ने कुनैपनि औषधी वा उपाय चिकित्सा विज्ञानले विकास गर्न सकेको छैन् ।’

मन्त्रालयले भनेको छ–‘आज जुन दुःख्द दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रूपमा देखिरहेका छन्, त्यो कसैको पनि परिवार वा आफन्तमा नघटोस भन्नका लागि हामी सबैले संक्रमण फैलावटलाई रोक्नेगरि जिम्मेवारी बन्न र बनाउन अत्यावश्यक छ । संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकका मापदण्डहरु निर्विकल्प उपाय हुन् । संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा विरामी राख्ने ठाउँसम्म हुने छैन् । त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्नसक्ने भूमिकाहरुलाई कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं ।