टेक्सासको चर्चमा अन्धाधुन्द गोली, केहीको हत्या - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

टेक्सासको चर्चमा अन्धाधुन्द गोली, केहीको हत्या



काठमाडौं- अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा गोलीकाण्ड भएको हो ।

त्यसबेला चर्चमा बिहानीको प्रार्थना भइरहेको थियो । सो प्रार्थना सामाजिक सञ्जालमा लाइभ गरिएको थियो ।

त्यहि क्रममा एक बन्धुधारी उभिएर अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

टेक्सासको फोर्ट वार्थ नजिकैको ह्वाइट सेटलमेन्टमा रहेको वेस्ट फ्रीवे चर्च अफ क्रिष्टमा सो घटना भएको हो ।

प्रार्थनाका लागि बेन्चमा बसेका बन्दुधारीले एकाएक उठेर गोली चलाएका हुन् ।

दुईजनाको ती व्यक्तिले चलाएको गोली लागेर मृत्यु भयो । चर्चमा आएका अर्का व्यक्तिले आक्रमणकारीमाथि गोली चलाए र आक्रमणकारीको पनि मृत्यु भयो ।

आक्रमणको कारण वा उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

आक्रमणकारीसँग जुध्ने व्यक्तिको कार्य ‘हिरोइक’ रहेको ह्वाइट सेटलमेन्ट प्रहरीका प्रमुख जेपी बेवेरिङ्गले बताएका छन् ।