टेकु अस्पतालबाट किन भागिरहेका छन् कोरोना आशंका गरिएका बिरामीहरू ?
काठमाडौं – कोरोना आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक जना बिरामी फरार भएका छन् ।
शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट भागेका हुन् ।
अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै नदिइ बाहिरिएको बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट कोरोना आशंकित बिरामी फरार भएको यो तेश्रो घटना हो । यसअघि सोहि अस्पतालबाट आशंका गरिएका दुई व्यक्ति फरार भैसकेका छन् ।
सोहि अस्पतालबाट नै किन बिरामीहरू भागिरहेका छन् भन्ने अनुसन्धानको बिषय बनेको छ । यसरी नितामित आशंकित बिरामीहरू भाग्नु राम्रो संकेत भने होइन ।
विश्वव्यापी रुपमा महामारी रुपमा फैलिरहेको कोरोना भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिरहेको छ ।
यो भाइरस चीनको उहानबाट फैलिएको थियो । चीनमा यो भाइरस नियन्त्रण उन्मुख रहेको छ ।