टिचिङ अस्पतालमा फेरी भेटिए कोरोना संक्रमित - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

टिचिङ अस्पतालमा फेरी भेटिए कोरोना संक्रमित



काठमाडौं- काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

शिक्षण अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौरकी ५४ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा मकवानवपुरकी ती महिला पनि रहेको पाइएको त्रिवि शिक्षण अस्पतालका कोभिड-१९ का संयोजक डा. सन्तकुमार दासले जानकारी दिए।

उनका अनुसार मुटुको रोगी ती महिला एक हप्ताअघि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी हुन्। कोरोनाको संक्रमण पुष्टि भएपछि ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारिएको छ।