सिस्टम भएको देशमा भिखारीले गाडी चढ्छन् - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सिस्टम भएको देशमा भिखारीले गाडी चढ्छन्



-हरि थापा

केही दिन अगाडी विहारका मुख्य मन्त्री एवंम नेता लालुप्रसाद यादवलाई भ्रष्टाचार गरेको आरोपमा जेल हालियो ।यो खबरले नेपालका ठुला पत्रपत्रिका र अनलाइन मिडिया हरुको ठुला अक्षरमा हेडलाईन बने। यो मात्र हैन पाकिस्तान,उत्तरकोरिया चिन लगायत अन्य धेरै विकसित मुलुकका हाईप्रोईल नेता अथवा मन्त्रीहरू यस्ता विभिन्न अभियोगमा ईमान्दारीताको साथ जेल गएको खबर यत्रतत्र सुन्न पाइन्छ।

जब सम्मानित अदालले फैसल्ला गर्छ तब कुरा सकियो जुनसुकै हालतमा पनि तोकिएको समय सम्म जेल बस्छन् नै।तर हाम्रो मुलुकमा भने अरबोैँ भ्रष्टाचार गर्ने हरू केही करोड धरोैटीमा रिहा हुन्छन्।करोडोैँ भ्रष्टाचार गर्नेहरु केही लाख तिरेर धरोैटीमा रिहा हुन्छन्।र लाखोैँ भ्रष्टाचार गर्ने हरू केही हजार धरोैटीमा रिहा हुन्छन्।

अन्य विभिन्न घटनाका अभियुक्तहरु पनि यसै गरी केही रमक धरोैटी राखेकै भरमा मुक्ति पाउँछन् र अझै त्यस्ता कामलाई निखार्दै लग्छन्।कति मोस्टवान्टेड लिस्टमा परेका हरुले चुनाव टिकट पाउँछन् र राजनीतिमा अाए पछि पाप पखालिन्छ भन्ने मानसिकता संस्कार पनि देखिएको छ कालो धन पनि सेतो बनाउने एउटै क्षेत्र यही राजनीति हो भन्ने धारणा भइसकेको छ मुलुकको घटनाक्रमले त्यस्तै देखाएको छ। विश्वको कुनै पनि मुलुकमा यस्तो देख्न पाईदैन जुन हाम्रो देशमा सजिलै देख्न र सुन्न पाइन्छ।

राजनीतिक संरक्षण बाट बन्चित गर्दै अपराधी, ठगि,अपहरण,भेदभाव,बलात्कार,भ्रष्टाचार माफियागिरि, दादागिरी र कालो बजारी यति मात्र हटाउने हो भने के चाहिँ कमी छ हाम्रो देशमा,मलाई लाग्दैन हामी विश्वका ठुला ठुला शक्तिसम्पन्न राष्ट्रहरूको दाजोमा हामी बिलकुल पछाडि छैनोैँ।मात्र हाम्रो नेतृत्व तहमा विराजमान नेतृत्वकर्ताहरुको सोच सङ्कुचित छ ,योजना सङ्कुचित छ र कार्यान्वयन शैली सुस्त छ।

हामी प्राकृतिक श्रोत साधनले भरिपूर्ण भएको देशमा जन्मिएका छोै।यो गर्व गर्न लायक विषय हो र यतिमा नै मात्र सीमित रहन्छ।तर भएका श्रोत साधन उपयोग गर्न नपाउनु सबै भन्दा ठुलो दुखद,विडम्बनाको विषय हो।

जलश्रोतको कुरा गर्ने हो भने पनि एसियाको पहिलो ब्राजिल पछिको दोस्रो अर्थात् विश्वको दोस्रो स्थानमा नाम दर्जा गर्न सफल भएको मुलुक हो ।पर्यटनको लागि अत्यधिक सम्भावना भएको देश हो धार्मिक सांस्कृतिक हिसाबले पनि बहुभाषिक बहुधार्मिक अन्य देशको विषेशषता भन्दा फरक छ।खास छ तर पनि यति विध्न सम्भावना बोकेको मुलुकको जिवनस्थर नियाल्ने हो भने विश्वकै दुर्लभ जीवन स्थर जिउँदै गरेका व्यक्तिहरू यही देशमा भेट्न सकिन्छ।जसमा राज्य नेतृत्व तहले गर्व होइन लाज मान्नु पर्छ ।

अन्य प्राकृतिक श्रोत साधन जडिबुडी देखि विश्वमा नभएका दुर्लभ बन्यजन्तुहरु यही देशमा पाइन्छ।अझ सगरमाथा,विश्व शान्ति दूत गोैतम बुद्ध भने पछि अझै वर्णन गरिरहनु अन्याय हुन सक्छ धेरै कुराहरू छन्।

अब अन्य राष्ट्र र मलेसियाको कुरा गर्ने हो भने पनि मलेसिया उपनिवेश हुँदै स्वतन्त्रताको लडाई जितेर विकासको पथमा लम्किएको आजसम्म आइपुग्दा एक जना ईमान्दार,निष्ठा,जिमम्वारी नागरिक प्रतिको बफादार व्यक्तिको मेहनत र योजनाको सक्रियतामा तत्कालीन मलेसियन प्रधानमन्त्री महाथीर महम्मदले जसरी मलेसिया बनाउने काम गरे नेपालजस्ता विकासिल मुलुकमा पनि राजनीतिक इच्छाशक्ति हुने हो भने विकास गर्न कुनै कठिन हुनेछैन भन्ने ज्ञान सिक्न सकिन्छ र सिक्नु पर्दछ।

अहिले मलेसिया केही दशककै सेरोफेरोमा विश्वको ध्यान आकर्षित हुने देश बन्न सफल भएको छ । विदेशी लगानी भित्र्याएर बनेको मलेसियाले हालका दिनमा लाखौँ विदेशी कामदारलाई रोजगारी दिएको छ।आर्थिक विकासमा थप सशक्त,ढङ्गले लागिपरेको छ ।
यही विकास,यही प्रगति,यही पर्यटन लोभ्याउने गन्तव्यले मलेसियामा ओइरिने भएर नै त यहाँका होटेल व्यवसाय पनि निकै फस्टाएका छन्।यहाँ यस्ता प्रसिद्ध ठाउँहरू छन् जसलाई हेर्न सबै लालयित र आकर्षित हुन्छन्।

जसरी हामी नेपालमा जन्मिएर पनि हाम्रो गोैतमबुद्द जन्म स्थान टेकका छैनोैँ उस्तै यहाँ का नागरिक पनि यहाँका प्रसिद्ध भनिने ठाउँको खासै चासो दिएको देखिएन।मलेसियाको प्रसिद्ध पेट्रोनस ट्वीन टावर,के.एल.सिसी वरिपरि बस्ने तर टावरको माथि सम्म नपुगेका लोकल नागरिक पनि भेटियो।

यहाँका नागरिकहरूको जीवनस्तर

सामान्यतया यहाँका नागरिक राजनीतिमा चासो राख्दैनन् यसको मतलब थाहा छैन भन्ने होइन यहाँको चुनाव कहिले हुन्छ यस्ता कुरामा ज्ञान हुन्छ नै।तर खुलामखुल्ला फलानोलाई जिताऊ भन्दै नाराबाजी गर्दै तोडफोड गर्दै हिँडेको कहिल्यै देखिएन।

केही कुरामा सरकारले हस्तक्षेप गर्दा यहाँका बुद्धिजीवी नागरिकले अग्रिम जानकारी दिँदा रहेछन् सायद त्यसमा राजनितिकदल पनि संलग्न हुन्छ होला ।जुन र्याली गर्ने तरिका छ सभ्य शान्त कुनै तोडफोडको घटना देखिएन।यो पनि मुस्किलले देख्न पाइन्छ नत्र भने नागरिकहरू आफ्नै काममा अस्तब्यस्थ हुन्छन् ।

सबै भन्दा महत्त्वपूर्ण कुरा यहाँको सिस्टम छ। अनिवार्य रोजगार गर्नु पर्ने हुन्छ। यहाँका केही धनाध्य व्यक्ति बाहेक सबैको घर जग्गा हुँदैन।हाम्रो भाषामा भन्ने हो भने “भिखारी” सुकुम्बासी नै हुन्छन्।तर पनि शानको जीवन जिईरहेका हुन्छन्। हरेकले गाडी चढ्छन्” जुन “भिखारी” शब्द नेपालमा जग्गा जमिन नभएका हरू र शरनार्थीहरु प्रति प्रहार हुन्छ।मैले सापटी लिएर भने तर उनीहरू यति खुसी छन् सबै भन्दा ठुलो कुरा स्वास्थ्य शिक्षा रोजगारमा सरकारले पहिलो प्राथमिकता दिएको छ अनि सर्वसुलभ ऋण दिने व्यवस्था छ जसको कारण यहाँका नागरिकले चाहेका हरेक कुरा सजिलै प्राप्त गर्न सक्छन् ।

मोबाइल देखि घर,गाडी चाहेका सबै कुरा सहज ऋणमा पाउने हुँदा किस्तावन्दिमा तिर्दै जान्छन्।उनीहरू सरकार प्रति कुनै गुनासो राख्दैनन् आफ्नो काम गर्छन् बास ऋण चुक्ता गर्दै जान्छन् घर गाडी सबै लानमा लिन्छन्।सके आफ्नो पुस्ता नभए आउने पुस्ताले प्रयोग गर्दै निरन्तर चुक्ता गर्दै जान्छन्।

उनीहरूले हामी जस्तो राजनीतिक बहस कहिल्यै गर्दैनन् जो हामी अोछ्यान,चुलाचोैका देखि भट्टिपसल हुँदै विद्यालय,स्वास्थ्य क्षेत्र र न्यायालय सम्म राजनीतिक विषयका पेचिलो बहस गर्छोैँ ।

हामी नेपालीहरू सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छोैँ “सामाजिक सञ्जाल झुरलाग्ने राजनीतिक बहसको प्लेटफम भएको छ” ।अब यहाँको व्यक्तिहरूको सञ्जाल नियाल्ने हो भने अहँ त्यस्तो घोचपेच,बहस असन्तुष्टता केही शब्दहरू पनि पाईदैन ।।

उनीहरू आफ्नो लाईफस्टाईल रेस्टुरेन्ट मा खाएका पारिवारिक जमघट नयाँ टेक्नोलोजीको खोजी साथै सेयर अनि आफ्नो देशको प्रसिद्ध ठाउँहरू घुमेका तस्बिर अपलोड गरेका हुन्छन्।जसले पर्यटन व्यवसाय गर्नेहरुलाई पनि अझ मदत पुग्दछ।

यदि नेपालमा पनि यस्तै सिस्टम,स्वास्थ्य शिक्षा र रोजगार केही शुलभ ऋणको व्यवस्था गर्ने नितिनियम ल्याई कार्यान्वयन गर्ने हो भने हरेक नागरिकको वाल पोस्ट पेचिलो राजनीतिक बहसका विषयमा हैन आफ्नो देशको राष्टियता, मोैलिकता,भेषभुषा र धर्मसंस्कृतीका बारेमा चर्चा हुँदो हो जसको कारण विश्वले नेपाललाई चिन्ने थियो।