सूर्य थापाले भने: अपराधीहरुको झलझली सम्झना भइरहेको छ - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

सूर्य थापाले भने: अपराधीहरुको झलझली सम्झना भइरहेको छ



काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरुको मुहार झलझली सम्झना भइरहेको बताएका छन् ।

उनले दुईतिहाईको सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउनेहरुको अनैतिक हर्कतलाई बिर्सन नमिल्ने टिप्पणी समेत गरेका छन् ।

थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरुको मुहार झलझली सम्झना भइरहेको भन्दै कुनै नेताको नाम उल्लेख नगरी अप्रत्यक्ष रूपमा माधव नेपालप्रति कटाक्ष गरेका छन् ।

थापाले ओलीविरुद्ध गरिएका कारवाही नबिर्सने सामाजिक सन्जालमार्फत बताएका हुन् । विघटित नेकपाको प्रचण्ड माधव पक्षले ओलीलाई अध्यक्ष तथा साधारण सदस्य समेत नरहने गरी पटक पटक कारवाही गरेको घोषणा गरेको थियो ।