काठमाडौँ उपत्यका १५ दिन ‘सटडाउन’ गर्ने निर्णय
काठमाडौँ- काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम निकै बढेको भन्दै १५ दिन ‘सटडाउन’ गर्ने निर्णय भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरी सर्टडाउन गर्ने निर्णय गरिएको हो । तर तत्काल लकडाउन भने नहुने भएको छ ।
कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको बताइएको छ । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पनि बताइएको छ ।
‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विषेश कामबाहेकका सेवा बन्द हुनेछन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरिएको छ । बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।