सिरहाका नौं जना बिरामीमा भेटियो कोरोनाको लक्षण
सिराहा- सिरहाका ९ जना बिरामीमा कोरोना भाइरसको लक्षण देखिएको बताइएको छ ।
सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण भएको संका गर्दै थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको छ ।
उनीहरुमा कोरोनासँँग मिल्नेे लक्षण देखिएको बताइएको छ । उनीहरू भारतबाट फर्केको बताइएको छ ।
केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको हो ।
उनीहरुमा देखिएको ज्वारो र रुघा खोकीले गाउँनै आतंकित भएपछि थप परीक्षणका लागि जनकपुर पठाएको हो ।
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि मात्र घर आएको बताइएको छ ।