परीक्षण नै नगरी भारतबाट आएका ११ जनालाई सिधै घर पठाएको खुलासा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

परीक्षण नै नगरी भारतबाट आएका ११ जनालाई सिधै घर पठाएको खुलासा



रौतहट- रौतहटको ईशनाथ नगरपालिकाले ‘क्वारेन्टाइन’बाट ६ दिनअघि ११ जनालाई कोरोनाभाइरसको परीक्षण नगरी घर फर्काएको खुलेको छ ।

गत चैत २७ गते औरैयामा रहेको माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेको १४ दिनको अवधि गणना गरेर उनीहरुलाई घर फर्काइएको पाइएको हो ।

भारतबाट फर्केका ११ जनालाई नै चैत १२ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा बस्दै आएका ईशनाथ नगरपालिका–५, मोतिपुरका एक युवकलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि घर फर्काइएका सबैको स्वाब परीक्षण गरिने ‘फोकल पर्सन’ हरेन्द्र गुप्ताले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट स्वाब परीक्षणका लागि चिकित्सकको टोली नआएपछि १४ दिनको बसाइँ अवधिलाई आधार मानेर प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अनुमतिमा उनीहरुलाई घर फर्काइएको थियो ।