शीतलनिवासबाट १० जना अधिकारकर्मी पक्राउ - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

शीतलनिवासबाट १० जना अधिकारकर्मी पक्राउ



काठमाडौं- शीतलनिवास अगाडी प्रदर्शनमा उत्रेका मानव अधिकारकर्मीहरू पक्राउ परेका छन् ।

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताको शपथ नगराउन माग गर्दै प्रदर्शन गर्नेहरू पक्राउ परेका हुन्।

राष्टिपति कार्यलय शीतलनिवास अगाडि प्रदर्शन गर्ने क्रममा करिब १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

हत्या आरोपी सापकोटालाई सभामुख बनाएको भन्दै उनीहरूले विरोध गर्दै आएका छन्।

अधिकारीकर्मी एवं नागरिक समाजका अगुवा चरण प्रसाईंलगायत करिब १० जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै मानव अधिकारवादीहरूले विरोध प्रदर्शन गरेका हुन्।

काभ्रेको अर्जुन लामाको सापकोटा र पूर्वराज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जुन मुद्दा अहिले सर्वोच्च अदालतमा विधाराधीन छ।