हाम्रा नेताहरूले भारतसँग आँखा जुधाउने नैतिकता गुमाइसके: तामाङ
काठमाडौं । पूर्वकानुनमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङले नेपाली नेताहरूले भारतसंग कुरा गर्ने हिम्मत नभएको बताएका छन् ।
नेता तामाङले नेपाली शासकहरूले सीमा विवादबारे भारतसँग आँधा जुधाएर कुरा गर्ने साहस गुमाइसकेको टिप्पणी गरेका छन् ।
लिपुलेक प्रकरणबारे सरकारले आफ्नो अडान प्रस्तुत गरिरहेका बेला सत्तारूढ पार्टीकै नेताले यस्तो टिप्पणी गरेका हुन् ।
तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालका समकालीन शासक, प्रशासकहरूले छिमेकी भारतसँग आँखामा आँखा जुधाएर सम–उचाइमा बसेर दुई देशबीचको सीमा विवाद र असमान सन्धिहरूको विषयमा कुरा गर्न सक्ने नैतिक आधार कुनै न कुनै रूपमा गुमाइसकेका छन् ।
तामाङ सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनलाई बंगलादेशमा रहेका नेपालीको बारेमा अनावस्यक बोलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन बाध्य पारेका थिए ।