शंकर पोखरेलले माधव नेपाललाई अनुशासन सिकाएपछि... - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

शंकर पोखरेलले माधव नेपाललाई अनुशासन सिकाएपछि…



काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई लागलग कारबाही गरेपछि दुवै समुहले आफ्ना आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले भने माधव नेपाल समुहलाई अनुशासन सिकाएका छन् । उनले मतभेद र अन्तरसंघर्ष पार्टीमा अस्थायी कुरा भएकाले एकदिन यसको अन्त्य हुने भन्दै अनुशासित बन्न आग्रह गरेका छन् ।

नेकपा एमाले अनौपचारिक रूपमा बिभाजन भैसकेको अवस्थामा एमालेभित्र देखिएका दृश्यले अब पार्टी एक हुन नसक्ने देखाउंछ । तर शंकर पोखरेलले भने उद्देश्य प्राप्तिका लागि एकता र अनुशासन हुनुपर्ने बताएका छन् ।

नेता पोखरेलले बिहीबार मध्यरातमा सामाजिक सञ्जालमार्फत धैर्य बन्न भन्दै नेपाल समुहलाई अनुशासन र एकताको पाठ सिकाएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओली पक्षबीच विवाद उत्कर्षमा पुगेको छ ।

उनले लेखेका छन्, ‘मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा हो, निश्चित समयमा अन्त्य हुन्छ, एकता र अनुशासन उद्देश्य प्राप्तिको अनिवार्य सर्त हो। धैर्य बनौं।’