नयाँ १ सय ८९ जना सङ्क्रमित को हुन् ? यस्तो छ विवरण - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

नयाँ १ सय ८९ जना सङ्क्रमित को हुन् ? यस्तो छ विवरण



काठमाडौं- नेपालमा शनिवार थप १८९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १४०१ पुगेको छ।

शनिबार भेटिएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन्। प्रवक्ता देवकोटका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका छन्। जसमा धनुषाका ७ जना, झापाका १ जना पुरुष रहेका छन्।

जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै कपिलवस्तुका ७७ जना संक्रमित भेटिएका छन्। त्यसैगरी ललितपुरकी एकजना २३ वर्षीया महिला पनि संक्रमित भएकी छन्। त्यसैगरी महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १६ जना र सिरहाका ११ जना संक्रमित भेटिएका छन्। प्रादेशिक प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना संक्रमित भेटिएका छन्। जसमा सबैजना कपिलवस्तुको यशोधराका रहेका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै सप्तरीका रहेका छन्। जसमा ८ पुरुष र एकजना महिला रहेका छन्।

शुक्रवार एकै दिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो। बिहीवार १५६ जना र बुधवार ११४ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २५७५ जनाको पिसिआर परीक्षण गरिएको छ । ती परीक्षणका क्रममा देशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका १८९ सहित नेपालमा संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो । शुक्रबार १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको ज्यान गइसकेको छ । संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन् ।