मुख्यमन्त्री शाहीले गरे मन्त्रिमण्डल पुनर्गठन: को को बने मन्त्री ? - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

मुख्यमन्त्री शाहीले गरे मन्त्रिमण्डल पुनर्गठन: को को बने मन्त्री ?



काठमाडौं- कर्णाली प्रदेशक मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका हुन्।

नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन्।

यसअघि उद्योग मन्त्री रहेका बुढाले राजीनामा दिएका थिए। हाल खाली रहेको सामाजिक विकास मन्त्रालय यसअघि कृषि मन्त्री रहेकी विमला केसी र अर्थ मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको जिम्मेवारीमा छ।

शुक्रबार संसदबाट विश्वासको मत लिईसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका हुन्।