नेपाली कांग्रेसका सांसद शाह पक्राउ - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपाली कांग्रेसका सांसद शाह पक्राउ



कपिलवस्तु- नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै साँसद साहलाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।

कपिलवस्तु राप्रपाका युवा नेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेको आरोपमा साहमाथी जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

मुद्धा दर्तासँगै प्रहरीले अदालत समक्ष जानकारी गराएको र अदालतकै आदेशमा पक्राउ पूर्जी जारी गरिएको हो ।

कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले सांसद साहले ज्यान मार्ने उदेश्यले कुटपीट गरेको देखिएकाले प्रहरीले मुद्धा दर्ता गरेको वताए ।

सांसद साह पटकपटक विभिन्न काण्डमा मुछिएपनि उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको भने यो पहिलो पटक हो ।

साह नेपाली काँग्रेसका तर्फबाट सांसद रहेका छन् ।