भारतबाट बोर्डरमा आएका नेपाली युवामा कोरोना संक्रमण: हजारौँ नेपाली जोखिममा
काठमाडौं- स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।
नौतनवास्थित मोर्डन एकाडेमी स्कूलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक ड. उज्ज्वल कुमारले बताएका छन् ।
पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकारले बताएका छन् ।
रुपन्देहीको सीमापारि रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा कोरोना देखिएको हो ।
सरकारले समयमै भारतमा र सीमाक्षेत्रमा अलपत्र परेका नेपाली ल्याउन आनाकानी गरिरहेको छ । सीमाक्षेत्रमै अलपत्र रहेका युवामा कोरोना देखिएपछी माहोल थप त्रसित बनेको छ ।