एसईई परीक्षा स्थगित गर्ने सरकारको तयारी
काठमाडौँ- सरकारले चैत ६ गतेबाट सुरू हुने भनिएको एसईई परीक्षा सार्ने तयारी गरेको छ ।
चौतर्फी बिरोध र कोरोना सङ्क्रमणको जोखिम बढेकाले यस वर्षको एसईई परीक्षा सार्ने तयारी गरिएको हो ।
स्रोतका अनुसार सरकारले परिक्षा सार्नेबारे आवस्यक छलफल गरिरहेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि एसईई परीक्षा स्थगित गरेर अर्को मितिमा गर्नेबारे सरकारले नयाँ निर्णय लिने बताएका छन् ।
उनले कोरोना भाइरसको जोखिमका कारण एसईई परीक्षा सर्नसक्ने जानकारी राष्ट्रियसभामा आइतबार गराएका हुन्।
राष्ट्रिय सभामा स्वास्थ्यमन्त्री ढकालले भने, ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने/नबनाउने कुरा टुंगो लाग्छ।’