अब स्कुल बिदा, अनलाइन कक्षा मात्रै चल्ने - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अब स्कुल बिदा, अनलाइन कक्षा मात्रै चल्ने



काठमाडौं- स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । यो प्रस्ताव स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयमा पठाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले एक टेलिभिजनसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी बढी रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको उनले बताएका छन् ।

उनले बह्नेका छन्, “स्कुलहरु अनलाईन माध्यममा पढाइ गर्नुपर्छ । कलेज आवतजावत नगर्ने । अनलाइन कक्षा सञ्चालन गर्ने अवस्था आइसक्यो, अब ढिला गर्नुहुँदैन ।”

कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ । “हामीले शिक्षा मन्त्रालयलाई अनुरोध गरेका हौं,” उनले भने ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् । उनले लकडाउनमा जाने अवस्था आउन नदिन यसो गर्नुपरेको बताए । उनले आग्रह नमाने कठोर निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

तर शिक्षा मन्त्रालयले यसअघि नै कार्यढाँचा तयार पारिएकाले सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने निर्णय गर्न सक्ने बताएको छ ।