सत्यको प्रमुख बाधक निजी स्वार्थ हो: प्रवक्ता श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले निजी स्वार्थका कारण दासत्व र निषेधको ठाउँमा पुगिने बताएका छन् ।
नेकपाभित्रको विवादलाई संकेत गर्दै श्रेष्ठले सत्यको प्रमुख बाधक निजी स्वार्थ भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत श्रेष्ठले सत्यको ढोका खोल्नका लागि वैज्ञानिक चिन्तनसहितको आलोचनात्मक चेत र तथ्यको पहुँच जरुरी रहेकोमा जोड दिएका छन् ।
श्रेष्ठले लेखेका छन्, ‘सत्यको प्रमुख बाधक निजी स्वार्थ हो। त्यसले अन्धतापूर्ण दासत्व वा निषेधको ठाँउमा पुर्याउँछ। किन कि उनीहरुको निम्ति सत्य होइन,स्वार्थपूर्ति चासोको विषय हुन्छ। नियत सफा छ भने सत्यको ढोका खुल्न सक्छ, तर त्यसबेला पनि वैज्ञानिक चिन्तनसहितको आलोचनात्मक चेत र तथ्यको पहुँच जरुरी हुन्छ।बुझौं।’