सर्वेन्द्र खनाल र दुई सांसदलाई १७ वर्ष जेल सजाय हुनसक्ने - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

सर्वेन्द्र खनाल र दुई सांसदलाई १७ वर्ष जेल सजाय हुनसक्ने



काठमाडौं- जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका पूर्वआइजीपी सर्वेन्द्र खनाल र दुई सांसद महेश बस्नेत र किशान श्रेष्ठविरूद्ध उजुरी परेको छ ।

अपहरण गरी जनकपुरबाट काठमाडौं ल्याइएको भन्दै सरकारी वकिल कार्यालयले उजुरी दर्ता गरेपछि सर्वत्र उनीहरूकै चर्चा छ । उक्त घटनामा चार जना सहभागी भएकाले संगठित अपराधको कसुर हुने देखिएको छ।

यादवको अपहरण प्रकरणमा खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठ र नवीन बस्नेतलाई प्रतिवादी बनाइएको बताइएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पार्टी फुटाउने प्रयोजनका लागि यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको दाबी समाजवादी पार्टीले गरेको छ।

यस्तो अपराधमा चार भन्दा बढी मानिसको संग्लनता भएको देखिएमा संगठित अपराध हुने अधिवक्ताले बताएका छन् ।

घटना अपहरण नै ठहर भएको खण्डमा संगठित अपराधको कसुरमा कानूनी व्यवस्था अनुसार १७ वर्षसम्म जेल सजाय हुन्छ। दुई सांसद र पूर्वप्रहरी महानिरीक्षक खनालविरुद्ध १७ वर्षसम्म जेल सजाय हुने देखिएको छ।

मुलुकी अपराध संहिता २०७४ मा व्यक्तिको अपहरण गरे १० देखि १५ वर्ष सजाय हुने व्यवस्था छ। तर, संगठितरुपमा अपहरण गरे वा शरीर बन्धक बनाए थप दुई वर्ष गरी १७ वर्ष सजाय हुने व्यवस्था छ।

ऐनको दफा २१४ ९३० मा ‘कसूर सङ्गठित रुपमा गरे गराएको रहेछ भने त्यस्तो गराउने व्यक्तिलाई थप दुई वर्ष कैद सजाय हुनेछ’ भन्ने उल्लेख छ। मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २११ मा कसैले कुनै व्यक्तिलाई अपहरण गर्न वा गराउन नहुने उल्लेख छ। ऐनको उपदफा २ झुक्यानमा पारी जवरजस्ती कुनै ठाउँमा लगेमा अपहरण हुने उल्लेख छ।