सर्लाहीमा तनाव: भारतीयको ठुलो समूह नेपाल छिर्न थालेपछि प्रहरीले गोली चलायो - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

सर्लाहीमा तनाव: भारतीयको ठुलो समूह नेपाल छिर्न थालेपछि प्रहरीले गोली चलायो



सर्लाही- सर्लाहीमा भारतीयको समूह र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ । लकडाउनका बेला भारतीय नागरिकको ठूलो समूह ‘हुलहुज्जत’ गर्दै नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्लाको विष्णु गाउँपालिका–२ पकडीस्थित दशगजा क्षेत्रबाट ३०–४० जनाको समूह जब्बरजस्ती नेपाल प्रवेश गर्न खोजेको तनाव सिर्जना भएको हो । हतियार खोस्ने प्रयास समेत गरेपछि एक राउण्ड हवाई फायर गरी उनीहरुलाई पछि हटाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र अहिले स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ । यसअघि झापामा समेत भारतीय नागरिकले यसरी नै सुरक्षाकर्मीको टोलीमाथि आक्रमण गरेका थिए ।