सरकारी अस्पतालका डाक्टरले निजीमा काम गरे कारवाही :लालबाबु पण्डित - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

सरकारी अस्पतालका डाक्टरले निजीमा काम गरे कारवाही :लालबाबु पण्डित



काठमाडौं-

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफूले चाँडै नै मन्त्रिणपरिषद्‍मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उनले गरे ।

मातृशिशु समाज नेपालको द्विदिवसीय ११औँ सम्मेलनको शुक्रबार काठमाण्डुमा उद्घाटन गर्दै मन्त्री पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेशमै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सिा सेवाको केन्द्र विन्दुका रुपमा स्थापित गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिए ।

सुधारका योजना दीर्घकालीन दृष्टिकोण, नवीनतायुक्त प्रस्ताव र सुझाव सरकारलाई प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मन्त्री पण्डितले भने, ‘सरकारी अस्पतालबाट भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।’

समृद्धितर्फ लम्कने राष्ट्रिय अठोट पूरा गर्न समाजका सबै वर्गबाट सहयोग हुनुपर्ने वास्तविकता औल्याउँदै उनले अबदेखि भ्रूणको लिंग पहिचान नगर्ने प्रतिबद्धता पनि चिकित्सकहरुबाट व्यक्त हुनैपर्छ उनले भने ।