जसपाका १२० कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णय - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

जसपाका १२० कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णय



काठमाडाैं- सरकारले जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्तासहित १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सरकार वादी भइ दर्ता भएका १५ थान मुद्दामा प्रतिवादी बनाइएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको हो।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको सरकार प्रवक्ता पार्वत गुरुङले बताए। मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए।

यसरी मुद्दा फिर्ता लिएका व्यक्तिहरुको सूची सार्वजनिक गरिने र यो क्रम चलिरहने बताए।