सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताएको उनको सचिवालयले जनाएको छ ।

“सरकारी कार्यालयका टेवलैपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ,” शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधरणका काममा ढिलाइ गरेछन् भने त्यसमा पनि उचित छानविन हुन्छ ।”

“कमिशनखोरीका भरमा लाइसेन्स दिने, लिने, समयमा काम नसक्ने र विनाकारण म्याद थप्ने थपाउनेलाई तत्काल कारवाही हुन्छ,” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शुन्य सहनशिलताको नीति लिने बताए ।

“सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ,” प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुदैन । त्यसकारण स्थिर सरकारको अनुभुत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।”

उद्योग वाणिज्य महासंघसँग सरकार सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्यवसायीहरुलाई आग्रह गरे ।