सर्वोच्चमा बहस: विवेकसम्वत इजलास भनेको के हो श्रीमान् ? - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

सर्वोच्चमा बहस: विवेकसम्वत इजलास भनेको के हो श्रीमान् ?



काठमाडौं- महान्यायाधीवक्ता रमेश बडालले न्यायाधीशहरु आनन्दमो’हन भट्टराई र दीपककुमार कार्कीले संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेका छन्। संसद विघटन सम्बन्धी रिटहरुको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।

बहसमा भाग लिँदै महान्यायाधीवक्ता बडालले न्यायाधीशद्वय भट्टराई र कार्कीले इजलासमा बस्न नहुने जिकिर गरेका हुन्।

उनले यसअघिको संवैधानिक इजलासको आदेशप्रति पनि प्रश्न उठाए। दुई जनाले इजलास छोड्छु र दुईजना छोड्दैन भनेको कुरामा इजलासको जुन आदेश भएको छ त्यसमा प्रधानन्यायाधीशको हस्ताक्षर छैन। यो आदेशलाई न्याय प्रणालीले चिन्दैन, सच्याउनुपर्छ’, उनले भने।

बडालले भने, ‘यदि त्यसलाई आदेश मान्ने हो भने कुनै पनि न्यायाधीशले इजलासमा बस्नु हुँदैन भनेर प्रश्न उठाए मात्रै पुग्ने रहेछ। त्यसकारण हामीले प्रश्न उठाएका छौँ। न्यायाधीशहरु कार्की र भट्टराईले इजलासमा बस्न मिल्दैन। उहाँहरुमाथि हाम्रो प्रश्न छ।’

बडालले न्याय सबैलाई समान हुनुपर्ने बताए । ‘यसले प्रश्न उठाउँदा ठीक र उसले उठाउँदा बेठिक भन्ने हुँदैन। न्याय समान हुनु पर्छ’, उनले भने।

बडालले न्यायाधीशद्वय कार्की र भट्टराई संवैधानिक इजलासमा भए संसद विघटन सम्बन्धी मुद्दाकाे निष्पक्ष सुनुवाई हुनेमा आफूहरुलाई आशंका रहेको बताए।

‘उहाँहरुलाई हटाउनुपर्‍यो। उहाँहरु इजलासमा भए यो मुद्दाको निष्पक्ष सुनुवाइ हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छैन। इजलासमा उहाँहरुको विकल्पहीन अवस्था पनि छैन। इजलासमा अरु न्यायाधीश राख्न सकिन्छ। हामी चाहन्छौँ । न्याय समान हुनुपर्छ। प्रक्रियामा पनि समान हुनुपर्छ’, उनले भने।

सरकारका तर्फबाट अधिवक्ता सुशील पन्तले पनि बहस गरेका छन्। उनले पनि न्यायाधीशद्वय कार्की र भट्टराइ इजलासमा रहेकाेप्रति आपत्ति जनाए।

उनले यो मुद्दा मैले हेर्न हुन्छ र अरुले हेर्न हुँदैन भन्ने त्यो कस्तो आदेश हो भन्दै प्रश्न गरे। उनले विवेकसम्वत इजलास गठन गरिए आफूहरु सहभागी हुन सक्ने भन्दै जारी वक्तव्यप्रति पनि प्रश्न उठाए।

‘विवेकसम्वत इजलास भनेको के हो श्रीमान्? फलानो फलानो परे विकेकसम्वत नपरे असम्वत हुने हो’, उनले प्रश्न गरे। जसले मैले हेर्न मिल्छ भने उनीहरु इजलासबाट आउट भए, जसले हेर्न मिल्दैन भने उनीहरुलाई राखिएको छ, यो कसरी हुन्छ’, पन्तले भने।

अहिले सरकारका तर्फबाट पूर्व महान्याधीवक्ता अग्नि खरेलले बहस गरिरहेका छन्।