अस्पतालको झ्याल फोडेर कोरोना संक्रमित भागेपछि... - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

अस्पतालको झ्याल फोडेर कोरोना संक्रमित भागेपछि…



जनकपुरधाम – धनुषामा आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएका छन् । प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका हुन् ।

धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार आइतबार विहानै आईसोलेसन कक्षमा रहेका उनी फरार भएका थिए ।

सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए ।

उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । उनको हाल खोजी भइरहेको छ ।

अहिले विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी उपचाररत छन् ।