सन्दीपले लिए पहिलो विकेट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सन्दीपले लिए पहिलो विकेट



काठमाडौं ।

नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत केन्यासँगको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

सुरुवाती उत्कृष्ट ब्याटिङ गरेको केन्याका एलेक्स ओबान्डालाई सन्दीपले ४१ रनमा आउट गराए । सन्दीपले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका हुन् । केन्याको १७ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ६५ रन भएको छ ।