सन्दीप एक्लैले लिए ४ विकेट, पपुवा न्युगिनीको छैटौं विकेट पतन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सन्दीप एक्लैले लिए ४ विकेट, पपुवा न्युगिनीको छैटौं विकेट पतन



काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको छैटौं विकेट पतन भएको छ । पपुवा न्युगिनीका

सन्दीपले किप्लिन डोरिगालाई ११ रनमा आउट गराए । यसअघि सन्दीपले पाचौ विकेटको रुपमा माहुरु दाई ५ रनमा आउट भए गराएका थिए । सन्दीपले सेसी बाउलाई ११ र चड सोपर १० रनमा आउट गराएका थिए । सन्दीपले ४ विकेट लिई सकेका छन् ।

यसअघि टोनी उरा ११ रनमा आउट भएका थिए । उनलाई करण केसीले आउट गराएका थिए । पहिलो विकेटको रुपमा कप्तान असद भाला १० रनमा आउट भएका थिए । सोमपाल कामीले कप्तान भालालाई आउट गराएका थिए । नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

अहिले १९ ओभर चलिरहंदा ६ विकेट गुमाएर पपुवा न्युगिनीको ८३ रन भएको छ ।

आजको खेल दुबै टिमलाई महत्वपूर्ण छ ।नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको खण्डमा र अर्को प्ले अफमा हङकङलाई नेदरल्याण्डले पराजित गरेमा नेपालले एक दिवसीय मान्यता पाउनेछ ।