संसदीय दलको नेता निर्वाचनमार्फत छनोट गर्ने भएपछि कांग्रेसमा संस्थापन र पौडेल गुट सक्रिय - Himal Post Himal Post
  • २ मंसिर २०८२, सोमबार
  •      Mon Nov 17 2025
Logo

संसदीय दलको नेता निर्वाचनमार्फत छनोट गर्ने भएपछि कांग्रेसमा संस्थापन र पौडेल गुट सक्रिय



काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको नेता निर्वाचनमार्फत छनोट गर्ने भएपछि संस्थापन र रामचन्द्र पौडेल गुट सक्रिय बनेका छन् ।

राजधानी दैनिकले नेता छान्न कांग्रेसमा गुट सक्रिय भएको उल्लेख गर्दै सांसदलाई निवासमै आउन निम्तो दिइएको लेखेको छ ।

‘२१ फागुनका लागि तय भएको कांग्रेस संसदीय दलको निर्वाचनबाट नेतृत्व हात पार्न नेताहरुबीच तीव्र गुटगत लविङ सुरु भएको छ’, राजधानी दैनिक आफ्नो समाचारको अगाडि लेख्छ, ‘प्रतिनिधिसभामा निर्वाचित सांसद्लाई आफ्नो पक्षमा पार्न नेताहरुले भेटघाटका लागि भन्दै निवासमै बोलाएर गुटगत आधारमा मतदातको आग्रह गरिरहेका छन् ।

निर्वाचनकै सन्दर्भमा सोमबार वरिष्ठ नेता रामचन्दै पौडेलले बोहोराटारस्थित निवासमा नेता तथा सांसद्हरुलाई खाजा खाने निम्तो दिए । उनले आफ्नो समूहसहित नेता कृष्णप्रसाद सिटौला पक्षका सांसद्हरुलाई समेत आफ्नो निवासमा बोलाएको राजधानी दैनिकमा समाचार छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने संसदीय दलको निर्वाचनकै लागि भन्दै नेताहरुलाई निवासमा नबोलाएको उनको सचिवालयले जनाएको छ ।

नागरिक दैनिकले पनि ‘पौडेलको चियापानमा देउवा अनुपस्थित’ शीर्षकमा समाचार लेखेको छ ।

समाचार अनुसार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरु सहभागी भएनन् ।