गण्डकीका सांसदहरूलाई कोरोना संक्रमण: अब के होला ? - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

गण्डकीका सांसदहरूलाई कोरोना संक्रमण: अब के होला ?



पोखरा- गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सांसदहरुको कोरोना परीक्षण भएको थियो।

निषेधाज्ञा जारी भएको र कोरोना फैलिरहेको बेला पीसीआर परीक्षणबिना संसद चल्न नहुने भन्दै सत्तारुढ एमालेले मंगलबार संसद अवरुद्ध गरेको थियो। त्यसपछि सबै सांसद एवं संसदका कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो।

गण्डकी स्वास्थ्य निर्देशनालयले सांसदहरुको कोरोना रिपोर्ट बुझाएको छ। एमालेका दुई र कांग्रेसका एक जना सांसदलाई कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। तर १ बजे दिउँसो संसद बैठक बस्ने तय भएको छ। संसद सचिवालयले कोरोना लागेका सांसदलाई बैठकमा बोल्न नदिने तर अविश्वासको प्रस्तावमाथि मतदान गर्न दिने जनाएको छ।

२ वैशाखमा कांग्रेस, माओवादी र जसपाका २८ सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ६० सदस्यीय संसदमा एमाले २७ सांसद छन्। राजमोका ३ सांसद र १ स्वतन्त्र छन्।