समाजसेवी दधिरामबाट देशभक्त आवाजलाई टिसर्ट सहयोग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

समाजसेवी दधिरामबाट देशभक्त आवाजलाई टिसर्ट सहयोग



हिमाल पोस्ट/नयाँ दिल्ली

भारतको राजधानी दिल्ली स्थित नेपाली देशभक्त आवाजले प्रवासमा रहेर पनि नेपाल र नेपालीहरूका लागि निस्स्वार्थ भावनाले परोपकारी सहयोग कार्य गर्दै आएको छ ।

“नेपाली देशभक्त आवाज” पूर्व मेची पश्चिम महाकाली उत्तर हिमालय र दक्षिण तराईको एउटा जिम्मेदार राष्ट्र प्रेमीहरूको आवाज हो विशेष गरी नेपाल र नेपालीहरूको हितका निम्ति सकारात्मक सोच र विकासको साथ-साथै नेपाली भूमिको हृदयदेखि नै संर्वङगिण विकास चाहाना हरेक नेपाली युवा-युवतीहरू र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वोदेश तथा विदेशी भूमिमा रहेका सच्चा जिम्मेदार नेपाली राष्ट्र प्रेमीहरू बिच प्रारम्भिक भेला र छलफल गरी परिकल्पना गरिएको एउटा सामाजिक संस्था हो ।

विशुद्ध सामाजिक सेवाबाट उत्प्रेरित भई समाज र राष्ट्रमै विशेष योगदान रहने गरी नेपाली युवा वर्गलाई सचेत र नेतृत्वदायि भूमिका निर्वाह गर्दै राष्ट्र र राष्ट्रियताप्रति माया अनि सद्भाव कायम राख्ने उद्देश्यका साथ नविनतम ढङ्गबाट स्थापना गर्न खोजिएको  सस्थापक बाबु रोका बताउछन ।

नेपालको आर्थिक,सामाजिक, सांस्कृतिक, प्राकृतिक,स्वास्थ्य,शैक्षिक, समसामयिक तथा ती सम्बन्धी जनचेतनामुलुक क्रियाकलापहरूमा नविनतम खोज, प्रयोग गरी सत्य र तथ्य धरातलमा समग्र कुराको सकारात्मक विश्लेषण गर्दै समाधानका उपाय खोज्दै सबै सरोकारवाला हरूलाई सचेत गराउँदै प्रदेशी भूमिमा एउटा नेपालीलाई पर्दा हामी नेपाली नै काम लाग्नु पर्छ भन्ने विचारका साथ काम गरिरहेको प्रशंसा गर्दै अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर ५ उदयठाटी निवासी हाल साउदी अरवियामा कार्यरत समाजसेवी दधिराम श्रेष्ठले नेपाली देशभक्त आवाजलाई कार्य प्रगतिको कामना गर्दै र चन्द्र सूर्य अंकित झन्डाको सम्मान गर्दै देशभक्त आवाज लाई टि- सर्ट सहयोग प्रदान गरेका छन् ।

श्रेष्ठ साउदीको तातो खाडीमा आफ्नो अमूल्य रगत पसिना बगाउँदै कमाएको केही आफू सक्दो पैसा टि- सर्टको लागि दिल्लीमा सामाजिक काम गर्दै आएको नेपाली देशभक्त आवाजको कार्यलाई प्रशंसा गर्दै सहयोगको हात बढाएका हुन् उनले  देशभक्त आवाजलाई मात्रै नभई अन्य सामाजिक सङ्घ संस्थाहरूलाई पनि आर्थिक, नैतिक, भौतिक रूपले सहयोग आएको बाबु रोका मगरले थप जानकारी दिए   ।