एकता घोषणा गर्न नपाउँदै समाजवादी पार्टी फुट्यो - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

एकता घोषणा गर्न नपाउँदै समाजवादी पार्टी फुट्यो



काठमाडौं- समाजवादी र राजपाको एकता भएकै राती समाजवादीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन्।

स्रोतको जानकारी अनुसार यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको बताइएको छ ।

स्रोतका अनुसार असन्तुष्ट पक्षले भोलि (बिहीबार) नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन्। अलग पार्टी गठन गर्नकै लागि बुधबार रेणु यादवको निवासमा भेला भएको बताइएको छ ।

सरकारसंग सहयोग मागेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव पार्टी फुटाउनकै लागि काठमाडौं आएको बताइएको छ ।

बुधबार दिउँसो यादव जनकपुरबाट एक्कासि सम्पर्कबिहीन भएपछि समाजवादी पार्टीले उनलाई सरकारको अपहरण गरेको आरोप लगाएको थियो।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटिमा ४०\४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानुन थियो।

दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद बैठक बोलाएर अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेका थिए।