सक्छौ काँग्रेसको नेतृत्व गर यदि सक्दैनौ भने काँग्रेसलाई डुबाउने काम नगर। - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सक्छौ काँग्रेसको नेतृत्व गर यदि सक्दैनौ भने काँग्रेसलाई डुबाउने काम नगर।



कर्ण बहादुर अधिकारी हाल मकाउ,चीन।

राष्ट्रियता,लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै अगाडी बढेको पार्टी नेपाली काँग्रेस नेपालको भौगोलिक,राजनीति एवं सामाजिक बनावटका आधारमा नेपालकै भूगोलमा स्थापना गरिएको पार्टी हो भन्ने कुरामा दुई मत नै छैन तर त्यही मूल मन्त्र राष्ट्रियता,लोकतन्त्र र समाजवादलाई नै धराशायी बनाउँदै पार्टी मूलधारबाट बाहिरीएर अगाडी बढी रहँदा पार्टीको भविष्य कता तिर जाँदै छ र के होला भन्ने विषयमा कांग्रेसी हुँ भनेर स्वदेश तथा विदेशमा रहेका आम कार्यकर्ताको मन भित्र चिन्ता र प्रश्नहरू सृजित भएका छन्।

राष्ट्रियताको सवालमा जननायक बीपी कोइरालाले भारतीय बिस्तारबादलाई चुनौती दिँदै नेपाल फर्किए लगतै राष्ट्रका हित र भारतीयहरूका विरुद्धमा कदम चालेका थिए तर आज त्यही काँग्रेस पार्टीका बागडोर सम्हाल्नेहरू नै भारत परास्त हुँदै राष्ट्रियताको विषयमा कम्जोर प्रस्तुतिका साथ कम्युनिस्टको विश्वासमा परी भारत मुखि बन्नु नै ठुलो कम्जोरी थियो।वर्तमान अवस्थामा काँग्रेसले माओवादीलाई साथ दिएर प्रचण्ड सरकारको घोडा बन्नु,पार्टीको नेतृत्व पङ्क्तिहरू संविधान संशोधनका विषयमा मौन बस्नुका साथै माओवादीलाई समर्थन दिनु,काँग्रेसको प्रतिनिधित्व गरी सरकारमा गएका मन्त्रीहरूले भारतमुखी भई भारतकै प्रतिनिधित्व गरे झैँ गरी बेला बेलामा बोलेका बिबादस्पद कुराहरू नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा भाईरल भई रहनु,२०७४ सालको प्रदेश र प्रतिनिधि सभाको चुनावमा माओवादी केन्द्र काँग्रेससँगै सत्तामा भए पनि एमालेसँग चुनावी तालमेल गरी बाम गठबन्धन गरी चुनावमा काँग्रेसलाई हराउनु जस्ता कयौँ बिषयगत कुराहरूले सिङ्गो पार्टीलाई नै गम्भीर सङ्कटमा पार्दै आई रहेका छ।

पार्टी भित्रका आन्तरिक कुराहरूलाई सञ्चार माध्यममा ल्याउँदा तपाईँ हामी सबैलाई खल्लो पान सृजित हुन्छ नै तर यो कुनै रहर नभएर बाध्यता हो भनेर बुझ्न जरुरी छ।जुन नहुने पर्ने कुराहरू छन् ती कुराहरू काँग्रेस पार्टी भित्र भई रहेको छ।अहिलेका युवा पिँढीका नेताहरू धनराज गुरूङ्,शङ्कर भण्डारी,गगन थापा,प्रदीप पौडेल,विश्व प्रकाश शर्मा लगायत कयौँ युवा नेताहरू मौन बसी रहँदा लाग्छ जब सम्म नेतृत्व गर्नेहरूको बिचार परिवर्तन हुँदैन तब सम्म यिनीहरू मौन बसी रहनु पर्ने छ र पार्टीका हितका लागि युवा पिँढीबाट कुनै शुभ समाचार र प्रतिक्रिया पाउने छैनौ।

पार्टीको केन्द्र देखि तल्लो तह सम्मका संरचनाहरूलाई के कसरी सुधार गर्न सकिन्छ र कसरी अगाडी बढाउने भन्ने चिन्ता कुनै नेतालाई छैन।काँग्रेस भित्र कोइराला परिवारको भूमिकाको अन्त्य भए सँगै पार्टी नै डगमगाएको हो की भन्ने स्थिति छ।१३औं महाधिवेशन सकिएको २ वर्ष पुरा भई सक्दा पनि कार्य समिति बिस्तार हुन नसक्नु सबै भन्दा लज्जा स्पद कुरा हो।पार्टी भित्रको आन्तरिक खिचातानी र सही नेतृत्व एवं सही व्यक्तित्व छान्न नसक्नु नै काँग्रेसको लागि अभिशाप बन्न पुगेको छ।सुशील कोइरालाको अन्त्य सँगै काँग्रेसको शाँख गिरेको अनुभूति आम कार्यकर्तालाई भएको छ।विगतमा काँग्रेस प्रति जनताकै समर्थन भएको कारण २०७० सालको संविधान सभा चुनावमा विजय हुनुको साथै सुशील कोइरालाको नेतृत्व सरकारले २०७२सालमा देशमा संविधान जारी गर्न सफल भयो तर त्यही जारी भएको संविधानलाई कार्यान्वन गर्न नपाउँदै संशोधनका लागि प्रस्ताव संसद्मा दर्ता हुनु र काँग्रेसले नै संशोधनको पक्षमा माओवादीको साथ लागेर समर्थन जनाउनु पक्कै पनि राम्रो कुरा थिएन।

नेपाली काँग्रेसले २०७४ सालको प्रदेश र प्रतिनिधि सभाको चुनावमा गम्भीर हार ब्यहोरे सँगै पार्टी भित्र नै आन्तरिक द्वन्द सुरु भई सकेको छ।सबैले नेतृत्वको नै कमी कम्जोरीका कारणले गर्दा पार्टी पराजय हुन गयो भन्ने निष्कर्ष निकालेका छन् भने प्राय जसो केन्द्रीय नेताहरूले पार्टी नेतृत्व परिवर्तन हुनु पर्छ भनेर विभिन्न सञ्चार माध्यमहरूमा अभिव्यक्ति दिई रहेका छन्।चुनाव हार्नुमा सभापति मात्र दोषी होइन त्यसका पछाडि थुप्रै कारणहरू छन्।जस मध्यका एक बाम गठबन्धन पनि हो।यदि बामहरूको गठबन्धन नभएको भए।काँग्रेसको विजय सुनिश्चित थियो।काँग्रेसले यो हार सँगै एउटा असल पाठ सिक्न जरुरी छ।समय अनुसार बिपी कोइरालाको नीति र बिचारलाई आत्मसात् गर्दै काँग्रेस अगाडी बढ्न जरुरी छ।

बीपीको नीतिलाई नै आजका कम्युनिस्टहरूले आत्म सात गरी अगाडी बढी रहेको छ भने काँग्रेस र काँग्रेसीले बिर्सँदै छन्।मेरो व्यक्तिगत बिचारमा काँग्रेस अबको पाँच वर्षका लागि प्रतिपक्षको भूमिकामा रहँदा राम्रो हुनेछ।इतिहास बोकेको काँग्रेसलाई इतिहासमा सीमित राख्ने कोसिस गरियो भने काँग्रेसी अब चुप लागेर बस्ने अवस्था छैन।सक्छौ पार्टीको नेतृत्व गर यदि सक्दैनौ भने पार्टीलाई घात हुने किसिमका कुनै कार्य नगर।काँग्रेस देउवा,पौडेल र कोइरालाको मात्रै होइन भन्ने कुराको चेतना होस्।केन्द्रीय कमिटीका सदस्यहरू पनि मौन बस्नुको कुनै अर्थ छैन।पार्टीको हितका लागि राम्रो नेतृत्वको चयन गर।यदि अझै पनि काँग्रेसले सत्ता मोह त्याग्न सकेन भने काँग्रेसको भविष्य अन्योलमा पर्ने निश्चित छ तसर्थ हामीहरूले पार्टी नेतृत्व गरेकाहरूलाई घच्घच्याउन जरुरी छ।

लेखक नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री हुन।