नेकपा सचिवालयमा ओलीलाई साथ् दिने जम्मा दुई सदस्य: को कता ? - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

नेकपा सचिवालयमा ओलीलाई साथ् दिने जम्मा दुई सदस्य: को कता ?



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अहिले भुईंचालो गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बनधी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएपछि यस्तो अवस्था आवको हो ।

दल विभाजनसम्बनधी अध्यादेश मन्त्रिपरिषदको निर्णय बेलालगत्तै (नेकपा) को हाइकमाण्ड मानिने सचिवालयको आकस्मिक बैठक बस्दैछ ।

सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने नेताहरुले बताएका छन् । मन्त्रिपरिषद्को बैठक लगत्तै प्रचण्डको अग्रसरतामा सचिवालय बैठक बोलाइएको हो।

सचिवालयमा को कता ?

नेकपाको नौ सदस्यीय सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल रामबहादुर थापा बादल रहेका छन् । जसमध्ये पूर्व माओवादीका ३ र पूर्व एमालेका ६ जना छन् ।

तर पछिल्लोे समय नौ सदस्यीय सचिवालयमा प्रचण्ड पक्षमा सात र ओली पक्षमा ओलीसहित ईश्वर पोखरेल गरेर २ जनामात्र छन् । महासचिव विष्णु पौडेलले समेत ओलीको साथ छोडेका छन् ।