सचिवालय बैठक सकियो: तत्काललाई एमसीसीका सबै काम रोक्ने निर्णय - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

सचिवालय बैठक सकियो: तत्काललाई एमसीसीका सबै काम रोक्ने निर्णय



काठमाडौँ- नेकपाको सचिवालय बैठक सकिएको छ । अपेक्षा गरी अनुसार निर्णय गर्न बैठकले नसकेपनि एमसीसीसंग जोडिएका सबै काम तत्कालका लागि रोक्ने निर्णय भएको बताइएको छ ।

नेकापाभित्र लामो समयदेखि पेचिलो बनेको अमेरिकी सहयोग मिलियिनयम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता लाई लिएर शनिबार पनि बैठकमा चर्काचर्की भएको बताइएको छ ।

तर सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम तत्काल अघि नबढाउन प्रधानमन्त्रीमार्फत निर्देशन दिने निष्कर्ष निकालेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमासमेत यो विषय उल्लेख गरेपछि नेकपाले शनिबार बिहान अनौपचारिक बैठक बोलाएको थियो ।

नेकपा सचिवालय शनिबार बालुवाटारमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावललाई पनि बोलाइएको थियो । बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीमा छलफल नगरी किन विधेयकमा उल्लेख गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीकाबारेमा समग्रतमा छलफल गरेर छिट्टै निर्णय गर्ने सहमति भएको बताए।

उनकाअनुसार बजेटमा एमसीसी सम्झौता संसदमा विचाराधीन रहेकाले संसदले त्यो अनुमोदन गरेको अवस्थामा  कार्यान्वयन हुने र अनुमोदन नगरे कार्यान्वयन नहुने भन्नेबारे अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै संसदमा  स्पष्ट पार्ने निर्णय गरिएको छ।