क्रान्तिकारी केन्द्रीय सचिव प्रदेश दौडाहामा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्रान्तिकारी केन्द्रीय सचिव प्रदेश दौडाहामा



काठमाडौं –
ने.क.पा.(माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव एवं ५ न. प्रदेश का संयोजक नारायण खनाल यति बेला प्रदेशका जिल्लाहरूमा दौडिएका छन् । पश्चिम बर्दिया देखि अभियान सुरु गरेका उनी यति बेला रोल्पाको लिवाङ पुगेका छन् ।

बर्दिया, बाँके, दाङ, प्युठान र रोल्पा का जिल्ला बैठक सम्पन्न गरिसकेका उनी महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा सङ्गठन बिस्तार अभियानमा समेत जोडिए । यो शैक्षिकसत्रको अन्त्य सम्ममा सबै जिल्लाको जिल्ला सम्मेलन सम्पन्न गरी वैशाख तिर प्रदेश सम्मेलन गर्ने आफ्नो सङ्गठनात्मक योजना रहेको उनले सुनाए ।

पछिल्लो पुस्तामा राजनीति प्रति बढ्दै गएको वितृष्णा दीर्घकालमा देशको लागि दुर्भाग्य साबित हुने भन्दै युवा पुस्तालाई राजनीतिमा अकर्षित गर्नु आफ्नो अभियानको अर्को पाटो रहेको उनको भनाइ छ । राष्ट्रिय स्वाधीनताको मिसन पुरा गर्न र समाजवादी शिक्षा प्राप्तिको कार्यदीशा लागू गर्न बिधालय देखि बिश्वबिधालय सम्म विद्यार्थीहरू जगाउने अभियानको उद्देश्य रहेको अखिल (क्रान्तिकारी) प्रदेश न. ५ का प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र आचार्यले बताए ।