सभामुखले भने: एमसीसी भन्दा कोरोना सङ्क्रमण ठुलो बिषय हो - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

सभामुखले भने: एमसीसी भन्दा कोरोना सङ्क्रमण ठुलो बिषय हो



काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी भन्दा कोरोना भाइरस सङ्क्रमणको बिषय ठुलो भएकाले एमसीसी ओझेलमा परेको बताएका छन्।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक छलफलमा उनले महामारीका कारण एमसीसी ओझेलमा परेको जस्तो देखिएको बताएका हुन् ।

उनले यो विषय ओझेलमा परेको जस्तो देखिएपनि छलफल भने भइरहेको बताएका छन् ।

प्रतिनिधिसभामा उपसभामुख पद रिक्त भएको सम्बन्धमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सभामुख सापकोटाले राजनीतिक दलहरुबीच सहमति नहुँदा उपसभामुख चयन प्रक्रियामा ढिलाइ भएको बताए ।

यसबारे दलहरुसँग परामर्श गरिरहेको उनको भनाइ थियो ।

सीमा व्यवस्थापनको विषय गम्भीर रहेको बताउँदै सभामुख सापकोटाले यसबारे कहीँ कतैबाट दबाब भने नआएको स्पष्ट पारे ।

नागरिकता विधेयकलाई पनि यही अधिवेशनमा अगाढि बढाउने उनको भनाइ थियो।