प्रदेश नं ७ का सवारी चालकले बुझाए मुख्य मन्त्री भट्टलाई ज्ञापनपत्र - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

प्रदेश नं ७ का सवारी चालकले बुझाए मुख्य मन्त्री भट्टलाई ज्ञापनपत्र



विशाल पाण्डेय
धनगढी ,कैलाली ।
७ नं प्रदेशका स्तरिय सरकारी तथा संस्थान सवारी चालकहरूले प्रदेश ७ का मुख्य मन्त्री त्रिलोचन भट्ट लाई ज्ञापनपत्र बुझाएका छन् ।

स्तरिय सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन द्वारा सवारिचालकहरु माथि पर्न गएको विभिन्न समस्याहरूको आगामी बन्ने प्रदेश ऐन कानुनमा चालकहरूको पिरमर्कालाइ सुनिश्चित व्यवस्था गरियोस भन्ने माग सहित शनिवार मुख्य मन्त्री त्रिलोचन भट्ट लाई ज्ञापनपत्र बुझाएका हुन ।

एशोसियशनका क्षेत्रीय अध्यक्ष तथा धनगढी उपमहानगरपालिका का सवारीचालक काशी राम अर्याल , डोटि जिल्ला कोषाध्यक्ष तथा दिपायल सिलगढी नगरपालिका का सवारीचालक मातृका प्र.आचार्य ,गोधावरी नगरपालिकाका सवारीचालक वासुदेव भट्ट तथा पुनर्वास नगरपालिका का सवारीचालक महेश चौधरी लगायत ६७ जना चालकहरूको सहभागितामा ज्ञापनपत्र बुझाएका थिए ।