कोरोना पूर्ण निको भएर काममा फर्किए रुसी प्रधानमन्त्री
काठमाडौं- रुसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन २० दिन लामो उपचारपछि कोरोनामुक्त भएका छन् ।
कोराना निको भएसँगै मिशुस्तिन मंगलबारबाट काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ।
गत अप्रिल ३० मा कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । २० दिनको उपचारपछि उनी काममा फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
प्रधानमन्त्री मिशुस्तिनमा कोरोनाको संक्रमण देखिएपछि उनको जिम्मेवारी राष्ट्रपतिको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्दै आएका थिए।
रुसमा अहिलेसम्म २ लाख ९९ हजार ९ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने २ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ । ७६ हजार १ सय ३० जना निको भएर घर फर्किएका छन् ।