राप्रपा (सयुक्त)का नेता सुनिल थापाद्वारा एकता सभा बहिष्कार - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

राप्रपा (सयुक्त)का नेता सुनिल थापाद्वारा एकता सभा बहिष्कार



काठमाडौं- दुई राप्रपाको एकता घोषणासभालाई नेता सुनिल थापाले बहिष्कार गरेका छन् ।

राप्रपा र राप्रपा (संयुक्त)बीचको एकता सभालाई राप्रपा (सयुक्त)का नेता थापाले बहिष्कार गरेका हुन्।

राजधानीमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा नेता सुनिल थापा उपस्थित छैनन् ।

नेता थापाले विक्रम पाण्डे लगायतका रापपाका नेतासहित काँग्रेस प्रवेश गर्ने तयारी गरेको खबर बाहिरिएको थियो ।

पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका थापा रापपाका संस्थापक नेता स्व.सुर्यबहादुर थापाका छोरा हुन् ।