कमल थापा भन्छन: काङ्ग्रेस र कम्युनिस्टको एकमात्र विकल्प अब राप्रपा
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा अब काङ्ग्रेस र कम्युनिस्टको एउटामात्र विकल्प भएको बताएका छन् ।
बागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रुपमा अघि बढाएको बताएका हुन्।
बागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।
थापाले भने, ‘महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान हो’ संगठन निर्माणको जगमा पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने उनले दृढता व्यक्त गरे।
काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको उनको जोड थियो।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता दिपक बोहराले देशब्यापी रुपमा संगठन सुदृढीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिए।
यस्तै बुद्धिमान तामाङले पार्टी र नेतृत्व प्रति चलाइएको भ्रम र घेराबन्दीलाई तोडेर अघि बढ्नुको बिकल्प नभएको बताए।
बागमती प्रदेशका तेह्र जिल्लाका तिन सय पाँच प्रतिनिधिको सहभागीता थियो।
केन्द्रिय पदाधिकारी सदस्य, प्रदेश समिती, जिल्ला-नगर-क्षेत्र र गाउँ पालिका प्रमुख र जनबर्गिए संगठनका प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा निर्बाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापाले समेत बोलेका थिए भने जिल्ला अध्यक्षहरुले धारणा राखेका थिए।