एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने जेल चलान - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने जेल चलान



सरकारबाट २०७२ सालमा युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार पाएकी एक खुट्टाले नाचेर चर्चा कमाएकी कलाकार रोमा न्यौपाने जेल चलान भएकी छन्।

जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएकी हुन् ।

अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले  न्यौपानेलार्इ उक्त रकम बराबरको धरौटी मागेको थियाे।

हाल उनलाई केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसर जनाएको छ । यसअघि २४ फागुनमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

रोमासहित उनका पति चिरञ्जीविविरुद्ध ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनका पति पक्राउ परे पनि रोमा भने फरार थिइन् ।

उनीहरूले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो ।