एमाले नेता विष्णु रिजाललाई कोरोना पुष्टि: बालुवाटारभित्र सयौंको भिडमा थिए रिजाल - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

एमाले नेता विष्णु रिजाललाई कोरोना पुष्टि: बालुवाटारभित्र सयौंको भिडमा थिए रिजाल



काठमाडौं- यहि आइतबार बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका नेकपा एमालेका नेता विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

उक्त बैठकमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड विपरित सयौंको संख्यामा एमाले नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

नेता रिजाल आफैंले मंगलबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। नेता रिजाल उपस्थित कार्यक्रममा प्रधानमन्त्री केपी ओली समेत सहभागी थिए ।

नेता रिजालले बालुवाटारमा मास्क बिना नै विभिन्न नेता तथा पत्रकारहरुसंग फोटो सेसन गरेका थिए । उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई कोरोनाको तुरुन्त परीक्षण गराउन आग्रह गरेका छन्।