प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भीम रावललाई भने: 'कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि' - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भीम रावललाई भने: ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’



काठमाडौं- नेकपामा कतिसम्म विवाद छ भनेर अड्कल गर्न त्यति गाह्रो छैन । कतिपय नेताहरू र प्रधानमन्त्री ओलीका सचिवालय सदस्यले सामाजिक सञ्जालमा पोखेका शब्दले पनि यसलाई सहजै अनुमान गर्न सकिन्छ ।

एकातिर प्रधानमन्त्री ओलीको सचिवालय आफ्नो काम भन्दा बहिया बहकिएर आवस्यक विवादमा फसेका छन् भने अर्कातिर नेकपाकै धेरै नेताहरू यस्तो क्रियाकलापबाट रुष्ट छन् ।

अहिले भने नेकपा स्थायी कमिटी सदस्य भीम रावलले स्थायी कमिटी बैठकमा कविता बाचन गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिक्रिया दिएका छन्।

केही दिनअघि नेकपा सम्बद्ध पत्रकारहरुलाई बालुवाटारमा बोलाएर शपथ खुवाउने बेलामा प्रधानमन्त्री ओलीले बालुवाटारबाट धुँवाको मुस्लो आएको भन्ने बारेमा जवाफ दिए।

त्यस्तै सोही कविताका विषयमा सत्तारुढ दल भित्रै बहस चलिरहेकै छ। नेकपा सचिवालय बैठकले प्रदेश तीनकाे नाम र राजधानीकाे निर्णयविरुद्ध भीम रावलले सो निर्णयको बारेमा टिप्पणी गर्दै सहप्रवक्ताको टिप्पणी खै भन्दै जवाफ मागेका थिए।

सोही जवाफ अन्तरगत प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जवाफ फर्काएका छन्।

यस्तो छ भिम रावललाई उनको जवाफ

राष्ट्रवादूको बहसमा बुझेर नै उत्रिनुभएको हो त ? पार्टीले तपाईका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो?

यी दुई कविताको पुरानो र नयाँ कवि तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ। म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ।

तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भ्रत्सनाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन।

तपाईका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत् पक्षले क्रमशः पापराजीको फन्दामा उहिले डायना परेजस्तो वा आज तपाई परिरहेको अनुभव भइरहेको छ।

यो नबुझेर वा नजानेर त पक्कै गर्नुभएको होइन होला? एक्लो बृहस्पति बन्न नखोज्नु नै हितकर हुन्छ होला !

तपाइको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिदैन। कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले थामेको आकाश मात्रै थाम्न खोज्नु उचित होला कि !

विषयको संवेदनशीलता र गंभीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन। आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि।

तपाईकै सहप्रवक्ता

अहिले भिम रावल सत्तारुढ दलमा विपक्षी नेता जस्तै बनेका छन्। उनले सरकारका हरेक निर्णयको विरोध गर्दै आएका छन्।

एमसीसीको अनुदान पनि अनुचित भएको भन्दै विरोध गर्दै आएका छन्।